राजनीति


संघीय निजामती सेवा तहगत संरचनामा राख्ने निर्णय

संघीय निजामती सेवा तहगत संरचनामा राख्ने निर्णय

समिति सभापति रामहरि खतिवडा


नेपालखबर
फागुन १, २०८१ बिहिबार १६:५१, काठमाडौँ

प्रतिनिधिसभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफाबार छलफलका क्रममा उक्त सहमति गरेको हो। 

हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा संघीय निजामती विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ। 

कार्य विवरण र कार्यसम्पादन सम्झौता तथा सुपरीवेक्षणका विषयमा विधेयकमा आएको प्रस्ताव  र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जनसहित निर्णयमा पुग्ने निर्णय गरिएको समिति सभापति रामहरी खतिवडाले बताए। 

संघीय निजामती विधेयकलाई संसद्को यही अधिवेशनभित्र पास गर्नेगरी समितिले दफाबार छलफल चलाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad