राजनीति


सञ्चारमन्त्रीको आरोपः प्रेस स्वतन्त्रताको नाममा ‘अपुष्ट’ समाचार सम्प्रेषण जारी छ

सञ्चारमन्त्रीको आरोपः प्रेस स्वतन्त्रताको नाममा ‘अपुष्ट’ समाचार सम्प्रेषण जारी छ

नेपालखबर
असार २०, २०७६ शुक्रबार ७:४३,

 सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन्। राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पारेका हुन्।

तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताए। उनले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गरे। उनले अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा सञ्चारजगतले सम्प्रेषण गरिरहेको आरोप लगाए।

उनले भने, ‘प्रेस चलेकै छन् एकदम राम्ररी। एकदम राम्रोसँग चलिरहेका छन्। र, सबैले आफूलाई लागेको कुरा भए पनि नभए पनि पुष्टि भए पनि नभए पनि गजबले गरिराख्न पाउनुभएको छ। त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ।”

सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताए।

उनले भने, ‘लोककल्याणकारी विज्ञापन दिनैपर्छ भन्नेचाहिँ के छ? अप्ठ्यारो के पर्यो भने बीपी कोइरालाको पालामा सुरु भएको। अब झिकिदिऊँ भने फेरि अरु थोक नै पर्ला भनेर कायम राखेको । तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहनेछैन । किनभने डबल पर्न जान्छ । डबल गर्न सकिँदैन।’

संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए। उनले संसदभित्र छलफल नै नगरी संसदबाहिर विधेयकका बारेमा नकारात्मक प्रचारबाजी गर्नुको अर्थ नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad