कारोबार


भारतले बनारस–हल्दिया जलमार्ग ०७७ पुसभित्रै बनाइसक्ने, नेपाललाई फाइदा

भारतले बनारस–हल्दिया जलमार्ग ०७७ पुसभित्रै बनाइसक्ने, नेपाललाई फाइदा

नेपालखबर
असार २०, २०७६ शुक्रबार ७:२६,

 भारतले बनारसदेखि हल्दियासम्मकाे जलमार्ग निर्माणलाई २०७७ पुससम्ममा पूर्णता दिने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमनले लोकसभामा प्रस्तुत गरेको बजेटमा सन् २०२० सम्ममा जलमार्ग तयार पारिने बताएकी हुन्।

‘सरकारले नदीहरुलाई कार्गो ओसारपसारको लागि प्रयोग गर्नेछ, जलमार्ग विकास परियोजनामा गंगाको नेभिगेसन क्षमता बढाइनेछ, बनारसमा मल्टिमोडल टर्मिनल सञ्चालनमा आएको छ, सन् २०२० सम्ममा थप दुईवटा बनाइनेछ’, सीतारमनले भनिन्। संसदमा बजेट प्रस्तुत गर्दै सीतारमनले भारतको अर्थतन्त्र ३० खर्ब अमेरिकी डलरको पुर्याउने गरी बजेट निर्माण गरिएको जानकारी दिइन्। जेठमा सत्तामा पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको यो पहिलो बजेट हो।

banaras haldiaतस्बिर: गुगल म्याप

भारतले आन्तरिक जलमार्ग विकास गर्न लागेको सोही क्षेत्रमा नेपालले पनि पानीजहाज सञ्चालन गर्ने लक्ष्य लिएको छ। नेपालले कोशी र नारायणीबाट पानीजहाज चलाउने भन्दै कार्यालय स्थापना गरेको छ। गंगा जलमार्ग भारतको एक नम्बरकाे जलमार्ग परियोजना हो। भारतले यसमा गत कात्तिकमा कार्गो पानीजहाजका परीक्षण गरेको थियो। नेपालले ९० देखि एक टनसम्म सामान ओसारपसार गर्ने लक्ष्य लिएको छ। नेपालले नारायणी नदीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

भारतले ‘एनडब्लु (नेसनल वाटरवेज) वान’ परियोजना अर्थात् हल्दिया–फरक्का–पटना–इलाहावाद वाटरवेज परियोजनाअन्तर्गत हुगली, गंगा र भागिरथी नदीमा जलमार्ग सञ्चालन गर्न लागेको हो। यो परियोजनाको लम्बाइ १ हजार ६ सय २० किमि छ। भारतले विश्व बैंकको ऋणमा परियोजना सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad