नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी तोकेको छ। जसअनुसार अर्थ तथा योजना विभाग प्रमुखमा उपमहासचिव वर्षमान पुनलाई जिम्मेवारी दिँदा अर्का उपमहासचिव जनार्दन शमालाई संगठन विभाग प्रमुख बनाएको छ।
आर्थिक क्षेत्र संयोजक र अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुनलाई बनाएको हो। उपप्रमुखमा कर्णालीका प्रदेश सांसद विन्दमान बिष्ट रहेका छन्।
यस्तै, अर्का उपमहासचिव शक्तिबहादुर बस्नेतलाई प्राकृतिक स्रोत, ब्यवस्थापन क्षेत्र संयोजक बनाएको छ। जसअन्तर्गत उर्जा, जलस्रोत सिञ्चाई विभाग प्रमुखमा पार्टी सचिव लीलामणि पोखरेललाई बनाएको छ। यस्तै, उपप्रमुख केन्द्रीय सदस्य युवराज दुलाललाई बनाएको छ।
पार्टी सचिव लीलामणि पोख्रेललाई सहकारी तथा गरिबी निवारण विभाग प्रमुख बनाएको छ भने झक्कुप्रसाद सुवेदीलाई पर्यटन तथा नागरिक उड्डयन विभागको जिम्मेवारी दिइएको छ।
पुस २१–२३ बसेको केन्द्रीय समिति बैठक र त्यसलगत्तै बसेको स्थायी र पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि सबै केन्द्रीय सदस्यसमेतलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
Shares

प्रतिक्रिया