राजनीति


भूमि अध्यादेशबारे माओवादीको प्रश्न : मन्त्रालयको काम प्लटिङ गर्ने हो?

भूमि अध्यादेशबारे माओवादीको प्रश्न : मन्त्रालयको काम प्लटिङ गर्ने हो?

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०८१ आइतबार १७:२३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले भूमि अध्यादेशमा भएका केही व्यवस्था आपत्तिजनक भएको बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पौडेलले मन्त्रालयको काम प्लटिङ गर्ने नभएको बताएका हुन्। 

'मन्त्रालयको स्वीकृतिमा किनबेच गर्ने हो जग्गा? कहाँ छ यो व्यवस्था? मन्त्रालयले प्लटिङ गर्ने हो?,' उनले भने, 'यो विषय र प्रक्रियागत ढंगले विरोध गरेका हौँ।'

उनले यही अध्यादेशको व्यवस्थाअनुसार सुकुम्वासीले पाउने जग्गा अन्यले पाउन सक्ने जोखिम भएको पनि बताए। 
'नदी, खोला किनार, निकुञ्ज आरक्षणको जग्गा पाउन सक्छन्, सुकुम्वासीले? गरिब, किसानलाई अघि सारेर के गर्न खोजेको हो?,'उनले भने।

सुकुम्वासीले जग्गा पाउने विषयमा आफ्नो पार्टीको समर्थन रहेको उनको भनाइ छ। उनले अहिलेको अध्यादेशले सुकुम्वासीले मात्रै जग्गा पाउँछन् भन्ने प्रस्ट नगरेको बताए। 

अभिव्यक्तिलाई लिएर थुन्ने गरी ल्याइएको सामाजिक सञ्जाल विधेयक अहिलेकै अवस्थामा स्वीकार्न नसकिने उनको भनाइ छ।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad