राजनीति


एकीकृत समाजवादीनिकट अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन

एकीकृत समाजवादीनिकट अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन

नेपालखबर
माघ २७, २०८१ आइतबार १३:४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन्।

शुक्रबार पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो।

महेश श्रेष्ठ

यसअघि उनी संगठनका महासचिव थिए।

पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरती लामालाई अखिलबाट बिदा गरेको थियो।

त्यसैगरी उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टन्डन, भूपेन्द्र शाह,मिलन राई,दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव,नरेश  न्यौपाने छन्।

त्यस्तै संगठनको महासचिवमा राजन शर्मा  पराजुली चयन भएका छन्।

श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति आरम्भ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad