नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले ताप्लेजुङको पाथीभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
सांसद महतले ताप्लेजुङवासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने बताए। उनले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे। उनले केबलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसरसमेत सिर्जना हुने बताए। उनले केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताए।
उनले भने, ‘पाथीभराको जुन अत्यन्तै पवित्र तीर्थस्थल छ, त्यहाँका आदिवासी, जनजाति, किराँत सबैको पवित्रस्थल हो। समग्र सनातन धर्मावलम्विहरुको तीर्थस्थल हो। त्यहाँ अत्यन्तै सुन्दर धार्मिक पर्यटकीय धार्मिक स्थल छ। त्यसमा बढीभन्दा बढी पर्यटक पुग्न सकुन् र सबैले माताको आशीर्वाद लिन सकुन् भन्ने हामी सबैको अपेक्षा छ। त्यसले ताप्लेजुङको आर्थिक अवस्थालाई पनि सुधार्न मद्दत गर्छ भन्ने हाम्रो भनाई हो।’
Shares

प्रतिक्रिया