राजनीति


डिजिटल भुक्तानीमा लगाइएको कर खारेज गर्न सांसद डाँगीको माग

डिजिटल भुक्तानीमा लगाइएको कर खारेज गर्न सांसद डाँगीको माग

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १४:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेकी छन्।  

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले डिजिटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डिजिटल भुक्तानी गर्न आम नागरिक निरुत्साहित भइरहेको बताइन्।

‘यदि सरकारले साच्चै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौति गर्दै निःशुल्क भुक्तानीको विकास गर्न आवश्यक छ,' उनले भने, 'त्यसैले म सभामुखमार्फत नेपाल सरकार र अर्थ मन्त्रालयलाई तत्कालै नीति परिवर्तन गरेर हुन्छ कि राष्ट्रिय भुक्तानी प्रणालीको स्थापना गरेर हुन्छ, हाल भएका पेमेन्ट गेटवेजलाई समेत मर्का नपर्नेगरी डिजिटल ट्रान्जेक्सन निशुल्क बनाउन आजैबाट काम सुरु गर्न गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, इसेवा, खल्ती, कनेक्ट आईपीएसलगायतका डिजिटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवा शुल्क बढेको छ। नेपाल राष्ट्र बैंकले अन्तरबैंक फण्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रूपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad