राजनीति


पार्टीको सार्वजनिक कार्यक्रममा सहभागी हुन बारपाक जाँदै पुन

पार्टीको सार्वजनिक कार्यक्रममा सहभागी हुन बारपाक जाँदै पुन

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८१ शुक्रबार १२:३०, काठमाडौँ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन गोरखाको एक कार्यक्रमबाट औपचारिक रुपमा नेकपा माओवादी केन्द्रको सार्वजनिक कार्यक्रममा सहभागिता हुने भएका छन्।  

फागुन १४ गते गोरखाको बारपाक सुलिकोटमा आयोजना गरिएको एक कार्यक्रममा जाने तय भएको माओवादीका नेता लेखनाथ न्यौपानेले जानकारी दिए। बारपाक सुलिकोट माओवादीका पहिलो सहिद दिलबहादुर रम्तेलको गाउँ हो। 

माघ २१ गते बसेको माओवादीको पदाधिकारी बैठकले पुनलाई उत्पादन क्षेत्रको विभागको नेतृत्व दिएको छ। पार्टी विभागको जिम्मेवारी पाएपछि पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन्।  पुन कार्यक्रमको प्रमुख अतिथि बनेर बारपाक जाने न्यौपानेको भनाइ छ।

नौ वर्ष उपराष्ट्रपति भएका पुनले गत मंसिरमै फेरि माओवादीकै राजनीतिमा फर्कने निर्णय लिइसकेका थिए। उनले माओवादीमा उपाध्यक्ष दिइने भनिए पनि वरीयता खुलाइएको छैन।

माओवादीको जिम्मेवारीमा फर्किए पासाङ, उत्पादन क्षेत्र हेर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad