खेल


त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपाल पहिले ब्याटिङमा

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपाल पहिले ब्याटिङमा

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १२:३०, काठमाडौँ

त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोलीले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। सवा १२ बजेबाट सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। 

नेपालले यसअघि खेलेका ५ वटै खेलमा पराजित भएको छ। थाइल्यान्डले ४ खेलमा जित र एक खेलमा पराजित भएको छ। नेपाल उपाधि होडबाट बाहिरिँदा थाइल्यान्ड सबैभन्दा बलियो देखिएको छ। 

नेपाल नेदरल्यान्ड्ससँग तीनै खेलमा पराजित हुँदा थाइल्यान्डसँग दुई खेलमा पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा ५ रनले पराजित भएको छ। 

नेपाललाई आजको जितले सान्त्वना मात्रै हुनेछ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad