राजनीति


प्रधानमन्त्रीविरुद्धको आरोप पुष्टि गर्न प्रचण्डलाई पौडेलको चुनौती

प्रधानमन्त्रीविरुद्धको आरोप पुष्टि गर्न प्रचण्डलाई पौडेलको चुनौती

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८१ बिहिबार १८:५२, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीविरुद्धको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधानमन्त्री पौडेलले प्रचण्डले हचुवाका भरमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाएको बताएका हुन्। आरोप पुष्टि गर्न चुनौती दिँदै उनले पुष्टि गर्न नसके जनतासामू माफी माग्न आग्रह गरे।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित गरेर उहाँ(प्रचण्ड) ले  जेजस्ता अनुचित आरोप लगाउनुभएको छ, उहाँले पुष्टि गर्नुस्। यदि सक्नुहुन्न भने यही रोष्ट्रममा उभिएर नेपाली जनतासामू माफी माग्नुपर्छ।’ पौडेलले भने, ‘म दाबीका साथ भन्छु उहाँले आरोप पुष्टि गर्न सक्नुहुन्न। ढिलो चाँडो यहाँ उभिएर क्षमा याचना गर्न बाध्य हुनुहुनेछ।’

उनले अहिलेको सरकारलाई प्रचण्डले विचौलिया, माफिया भनेको भन्दै संसदमा बोल्दा भ्रम छर्ने ढंगले नभइ तथ्यमा आधारित रहेर बोल्न पनि चेतावनी दिए।

‘सायद उहाँले शासन गर्दा जे गर्नुहुन्थ्यो त्यही सम्झिनुभएको हो कि। पौडेलले भने, ‘अहिलेको सरकार सुशासन र विधिको शासनमा विश्वास गर्छ। पारदर्शितामा विश्वास गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad