राजनीति


अध्यादेशबारे कार्यदलको प्रतिवेदन अध्ययन गर्दै जसपा सांसद

अध्यादेशबारे कार्यदलको प्रतिवेदन अध्ययन गर्दै जसपा सांसद

नेपालखबर
माघ २४, २०८१ बिहिबार १८:३४, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालले अध्यादेशबारे अध्ययन गर्न गठन कार्यदलले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको छ। सो प्रतिवेदन अध्ययन गर्न आफ्ना सांसदहरूलाई दिइएको अध्यक्ष यादवका नीजि सचिव महेश चौरसियाले जानकारी दिए। जसपाका प्रतिनिधिसभामा ५र राष्ट्रियसभामा तीन सांसद छन्।  राष्ट्रियसभामा कांग्रेस-एमालेको बहुमत छैन। यसैकारण उनीहरू जसपा नेपालको निर्णयको पर्खाइमा छन्। 

‘प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश पेस नगरी कार्यसूचीबाटै हटाइएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे औपचारिक निर्णय नगरी थप अध्ययन र छलफल गरी संसदीय दलको अर्काे बैठकमा देश र राष्ट्रहीत हुनेगरी ठोस् निर्णय जानकारी गराउन चाहन्छौँ,’ चौरसियाले निकालेको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा जसपाले अध्यादेशलाई लिएर विभिन्न पद लेनदेन गर्न लागेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad