राजनीति


निरंकुशताको गन्ध सुरु भएको छ : सांसद पाण्डे

निरंकुशताको गन्ध सुरु भएको छ : सांसद पाण्डे

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८१ बिहिबार १८:४०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध सुरु भएको देखिएको बताएका छन्। 

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले दुई दलीय तानाशाही सुरु हुने प्रपञ्च देखिएको पनि बताए। 

'संसद अधिवेशनको तिथिमिति लगभग तोक्ने टुंगो भइसकेपछि अध्यादेशको बाढी लागेको छ। वास्तवमा अध्यादेश सरकारले ल्याउन पाउँछ, संवैधानिक व्यवस्था पनि छ। तर कस्तो बेलामा अध्यादेश ल्याउने भन्ने विशेष परिस्थिति जतिबेला संसदको बैठक तत्काल हुने अवस्था छैन, कानुन नभएको कारणले गर्दा कतिपय काममा बाधा परेको छ, त्यतिबेला मात्रै अध्यादेश ल्याउने गर्दछौँ,' उनले भने, 'यो अध्यादेश ल्याउने जुन ट्रेण्ड सरकारको देखिएको छ, हामीसँग दुई तिहाइ छ, सत्ता पक्षका सांसदहरुले पनि बेला-बेलामा बोलेको देखिन्छ, दुई तिहाइ भएपछि हामीले जेजे गरे पनि हुन्छ, यो अध्यादेश ल्याएपछि अक्षरस: पास गर्न सकिन्छ र अध्यादेशका जतिसुकै नकारात्मक कुरा भए पनि पास गराउन सक्छौँ, सांसदको कुनै भूमिका हुँदैन, ह्वीप लगाएर भए पनि पास गराउनसक्छौँ भन्ने मक्सदका साथ सरकार देखापरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad