राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समया सांसद श्रेष्ठले विधेयकको विरोधस्वरूप समाजिक सञ्जालमा युवाहरूले चलाएको 'बोल्न दे सरकार' अभियानलाई सम्बोधन गर्न आग्रह गरेकी हुन्।
'युवालाई बोलाउनुस्, युवासँग संवाद गर्नुस्, जनताको आवाज सुन्नुस्। पेलेरै गोलमटोलरूपमा कसरी विधेयक पास हुन्छ, हामीले देखेकै छौँ,' उनले भनिन्, 'कसरी दुईतिहाइको दम्भ प्रयोग हुन्छ, कसरी मेजोरिटी (बहुमत)को दम्भ प्रयोग हुन्छ, त्यो पनि हामीले देखेकै छौँ।'
सरोकारवालासँग छलफल नगरी विधेयक ल्याइएको भन्दै उनले आपत्ति जनाइन्। 'यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्नुस्, युवाहरूको आवाज सबैले बोक्नैपर्छ, सुन्नैपर्छ,' उनले भनिन्।
Shares

प्रतिक्रिया