राष्ट्रियसभा बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन्। बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन्।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरे।
राष्ट्रियसभाको अर्को बैठक आइतबार बस्ने गरी स्थगित।
1.1k
Shares

प्रतिक्रिया