राजनीति


कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८१ बिहिबार ९:५६, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बिहीबार बैठकमा सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्। 

बैठक आज बिहान साढे आठ बजेदेखि नै सुरु हुने भनिए पनि अझै सुरु नभएको सांसद कान्तिका सेजुवालले नेपालखबरलाई जानकारी दिइन्।

माघ १८ गते सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकारले पेस गरेको ६ अध्यादेश आज निर्णयार्थ प्रस्तुत हुँदैछ।  कांग्रेस संसदीय दलको बैठकले अध्यादेश स्वीका गर्ने पक्षमा मत दिन ह्वीप लगाउने सम्भावना छ। 

यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले बैठकमा आफ्नो धारणा पनि राख्न समय पाउनेछन्। 

१८ गतेको बैठकमा स्थानीय तहको निर्वाचनभन्दा अगाडि प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने विषय उठेको थियो। त्यस्तै पार्टीको महाधिवेशन ०८४ को आम निर्वाचनपछि गर्नुपर्ने माग पनि बैठकमा उठेको थियो। कांग्रेसको महाधिवेशन नियमित समयमा भए ०८२ मंसिरमा गर्नुपर्ने हुन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad