राजनीति


अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतकको बैठक

अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतकको बैठक

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८१ बुधबार १०:३४, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र मुख्य सचेतकहरुको बैठक बोलाएका छन्।

अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे सभामुखले बैठक बोलाएका हुन्। बैठक दिउँसो तीनबजे सिंहदरबारमा बस्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन्। बिहीबार संसद् बैठक बस्दैछ। त्यसअघि सभामुखले प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्। 

सरकारले ल्याएको ६ वटा अध्यादेशविरुद्ध विपक्षी दलले अहिलेसम्मकै धेरै अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।    

सरकारले सदनलाई बन्धक बनाएर अध्यादेश ल्याएको भन्दै विपक्षीहरूले सरकारले ल्याएको ६ वटै अध्यादेश अस्वीकार गर्नुपर्ने मागसहित प्रतिनिधिसभा र राष्ट्रियसभामा ६६ वटा प्रस्ताव दर्ता गराएका छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad