राजनीति


नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली


नेपालखबर
माघ २१, २०८१ सोमबार १३:२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।  काठमाडौँमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन्। 

‘हिजोको हाम्रो इतिहास गौरववपूर्ण छ। अलिकति समय हामी पछाडि पर्‍यौँ। अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन। सबै टेक्नोलोजी एभाइलेभल छ। स्पेस टेक्नोलोजी होस्, एआई टेक्नोलोजी होस्, अरु टेक्नोलोजी होस् सबै छ। आज ९-१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरू गर्दछन्, आश्चर्य लाग्दा डेमोहरू गर्दछन्,' उनले भने, '११-१२ मा पढ्ने विद्यार्थीले स्पेस साइन्समा साना-साना रकेटहरू छोड्छन्। अन्तरिक्षमा हामी स्याटलाइट पठाउन सक्छौँ भन्छन्। हामी पछाडि पर्नुपर्ने कुनैपनि कारण छैन। हामीले आत्मविश्वास राख्नुपर्दछ।'

केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुकभन्दा अगाडि जानसक्ने अवस्थामा पुगेको उनको दाबी छ। उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरूले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरू गर्नसक्ने बताए। 

 'म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरूलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आज तिब्र विकास गर्ने, आजका बालबालिकाहरूलाई ठिक ढंगले हुर्काउने,' उनले थपे, 'उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरूको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ।’

ओलीले बालबालिकाहरूले हामी गर्नसक्छौँ र अरु भन्दा अगाडि जानसक्छौँ भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad