राजनीति


सीके राउतको गुनासो : सिंहदरबारको गेटमा भारतबाट आएको भन्छन्

सीके राउतको गुनासो : सिंहदरबारको गेटमा भारतबाट आएको भन्छन्

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १७:३७, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष सीके राउतले सिंहदरबार र संसद्‌मै पनि रंगभेदको व्यवहार हुने गरेको आरोप लगाएका छन्।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राउतले यस्तो आरोप लगाएका हुन्। 

'सिंहदरबारभित्र रंगभेद छ भुटानबाट, अमेरिकी नागरिकता बोकेको मान्छे आयो भने नसोधेरै छिर्न दिन्छ। तर  हामीलाई यसो हेरेर भाइ आप भारत से आए हो? भनेर प्रश्न गर्छ' उनले भने,'संसद्कै मुखिया नश्लवादी भएपछि कुन ठाउँमा हामी न्याय माग्न जाने। नश्लवाद, रंगभेदको अन्त्य हुनुपर्छ।'

त्यस्तै उनले संसद् सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका छन्। संसद्‌को साँचो नै सरकारले बोक्ने हुँदा संसद् सुरु हुन ढिलाइ हुने गरेको उनको भनाइ छ।

'संसद् किन खुलिरहेको छैन भनेर सोच्दा। हामी त शक्ति पृथकीकरण भन्छौँ। व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्नसक्ने भनेर मान्छौँ। तर यहाँ हुँदा के रहेछ भने संसदको पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ,' उनले भने, 'सरकारले अधिवेशन नबोलाउँदासम्म संसद पनि सुचारु नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको छ। सरकारले नै संसदको पनि साँचो राखिदिएपछि र संसद पनि सरकारले चलाएपछि बल्ल चल्ने नचलाए नचल्ने, कुनै पार्टीको आफ्नो कामर्यक्रम भए नचल्ने, शीर्ष नेतालाई हाच्छ्युँ आइदिँदा संसद् नै रोक्नुपर्ने यस्तो हो भने पुनःविचार गर्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad