राजनीति


विश्वप्रकाश भन्छन् : सामाजिक सञ्जाल नियमन गर्ने अध्यादेशविरुद्ध बोल्छु

विश्वप्रकाश भन्छन् : सामाजिक सञ्जाल नियमन गर्ने अध्यादेशविरुद्ध बोल्छु

फाइल फोटो


नेपालखबर
माघ १८, २०८१ शुक्रबार १७:४५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमन गर्ने अध्यादेशविरुद्ध संसदमा आवाज उठाउने बताएका छन्।

शुक्रबार संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानुनी प्रबन्ध जरुरी भएपनि सामाजिक सञ्जाल नियन्त्रण गर्नेगरी विधेयक ल्याउन गलत भएको बताए।

उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर राष्ट्रिय सभामा जुन विधेयक दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा स्पष्ट रुपमा बोल्छु।’
उनले अध्यादेशको कन्टेन्टको आधारमा विरोध र समर्थन गर्नुपर्ने बताए।

महामन्त्री शर्माले कांग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गर्ने स्पष्ट पारे।

उनले भने, ‘विगतमा नेपाली कांग्रेसले अध्यादेशको बिरोध गरेको उदाहरण पनि छ। नेपाली कांग्रेसले विपक्षमा रहेको बेलामा सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ। अध्यादेश हो त्यसको विरोध गरौँ भन्ने किसिमले हेर्नु हुँदैन। कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad