ad ad

राजनीति


गड्डाचौकीमा थप स्वास्थ्यकर्मी र उपकरण पठाउन भीम रावलको माग

गड्डाचौकीमा थप स्वास्थ्यकर्मी र उपकरण पठाउन भीम रावलको माग

नेपालखबर
चैत ९, २०७६ आइतबार ६:३१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गड्डाचौकीमा तुरुन्त थप स्वास्थ्यकर्मी र उपकरण पाठाउन माग गरेका छन्।

भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेपछि सुदूरपश्चिम प्रदेशको मुख्य नाकाका रुपमा रहेको गड्डाचौकी नाकाबाट नेपाल भित्रनेको संख्या उल्लेख्य रहेको छ।

नाकामा राखिएको हेल्थडेक्समा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको अभाव भएको र कतिपय व्यक्ति चेकजाँच बिनै नेपाल भित्रिएको समाचार सार्वजनिक भएपछि नेता रावलले आइतबार सामाजिक सञ्जाल टिवटरमार्फत थप स्वास्थ्यकर्म र स्वास्थ्य उपकरण पठाउन आग्रह गरेका हुन्।

उनले गड्डाचौकीबाट हुने अनियन्त्रित आवागमन रोक्न संसदबाटै आग्रह गरेको स्मरण गर्दै उनले गड्डाचौकी लगायतका नाकामा समस्या देखिएको बताएका छन्। उनले सुदूरपश्चिम प्रदेशमा नाकामा स्वास्थ्यकर्मी, मेडिकल माक्स, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण ओखति तुरुन्त पठाउन माग समेत गरेका छन्।

‘दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्ने, स्वास्थ्य जाँचको प्रबन्ध गर्नेबारे दुई हप्ता अघि प्रतिनिधिसभामा बोलेको थिएँ’, सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘सु.प. प्रदेशको गड्डाचौकीलगायतका भन्सार विन्दुमा समस्या देखिएको छ। स्वास्थ्यकर्मी, ल्किनिकल मास्क, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण , ओखती तुरून्त पठाइयोस्।’

गड्डाचौकी नाकाबाट शनिकारमात्रै हजारौँ यात्रु नेपाल भित्रिएका छन्। स्वस्थ्यकर्मी र उपकरणको अभावमा चेकजाँचका लागि भारतबाट आएका नेपालीहरु घण्टौँ लाइन बस्न बाध्य छन् भने कतिपय संक्रमणको आशंका गरिएका व्यक्ति पनि विनारोकटोक नेपाल आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .