राजनीति


प्रधानमन्त्रीले भने : कांग्रेस-एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भइयो

प्रधानमन्त्रीले भने : कांग्रेस-एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भइयो

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १४:७, काठमाडौँ


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तामाबाट मुक्त भएको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै ओलीले देश र जनताको मुद्दालाई सम्बोधन गर्न दुई ठूला दल मिलेको दाबी गरेका हुन्। 

'गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु  सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ' उनले भने। 
  
उनले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad