नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका नेपालका विपिन जोशीको रिहाइका लागि सहयोग गर्न इजरायली रादजूतलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसले बुधबार आयोजना गरेको स्टार्टअप र साना तथा मझौला ब्यबसाय सम्बन्धी सम्मेलनमा देउवाले त्यस्तो आग्रह गर्दा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास पनि उपस्थित थिए।
‘महामहिम इजरायली राजदूतमार्फत जो अहिले इजरायलमा शान्ति प्रक्रिया सुरु भएको छ, त्यसमा हामासले कब्जामा राखेको विपिन जोशीलाई छुटाउन पनि मदत हुनेछ भन्ने विश्वास लिएको छु,’ देउवाले भने, ‘मलाई आशा छ, उहाँलाई छुटाउने काममा सबै लाग्नेछौं। महामहिम इजरायली राजदूत पनि लागि रहनु भएकोछ। फेरि पनि त्यसमा लाग्नु हुनेछ भन्ने विश्वास लिएको छु।’
बिगत एक वर्षदेखि हामासको कब्जामा रहेका जोशीको रिहाइका लागि नेपालले विभिन्न देशहरूसँग सहयोग माग्दै आएको छ। हाल इजरायल र हामासबीच युद्ध विराम भएर केही बन्दीहरु छुटे पनि नेपालका जोशी छुट्न सकेका छैनन्।
Shares

प्रतिक्रिया