आयोजक टाइगर ग्रुप पोखरालाई पराजित गर्दै नेपाल एपीएफ क्लब शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने भएको छ।
पोखरा रगंशालास्थित भलिबल कोर्टमा बुधबार भएको महिलातर्फ लिग चरणको अन्तिम खेलमा आयोजक टोलीलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब फाइनलमा प्रवेश गरेको हो।
एपीएफले टाइगर गु्रुपलाई २५–७, २५–१७ र २५–२० ले सहजै पाखा लगायो।
एपीएफसँग पराजित भएपनि आयोजक टाइगर ग्रुपले दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्नेछ।
पहिलो क्वालिफायरको विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्दै फाइनल पुग्न थप एक खेलको मौका पाउनेछ।
पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। एलिमिनेटरमा टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। यो खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ।
Shares

प्रतिक्रिया