राजनीति


प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन चैत १६-१७ गते काठमाडौँमा

प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन चैत १६-१७ गते काठमाडौँमा

नेपालखबर
माघ १६, २०८१ बुधबार ९:४६, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालले आफ्नो पाँचौँ राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ। 

मंगलबार काठमाडौँमा बसेको प्रेस सेन्टर नेपालकाे केन्द्रीय समिति बैठकले संगठनको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो। 

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पाैडेलका अनुसार संगठनकाे २१ओैंँ स्थापना दिवसका बसेको बैठकले महाधिवेशन सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमिति पनि गठन गरेको छ। 

उनका अनुसार महाधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति, निर्वाचन समिति, अध्यक्ष मण्डल, प्रचार तथा प्रकाशन समिति, आर्थिक व्यवस्था समिति, सदस्य तथा प्रतिनिधि अभिलेखिकरण तथा अनुगमन समिति, अतिथि सत्कार समितिलगायत समिति बनाइएको हो। 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्नि सापकोटाकाे प्रमुख उपस्थितिमा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष विष्णु सापकाेटाले प्रस्तुत गरेकाे प्रस्ताव र एजेन्डामा सहभागी सदस्यहरूले धारणा राखेपछि सर्वसम्मत पारित भएको थियाे। 

बैठकले समसामयिक विषयमा १५ बुँदे काठमाडौँ घाेषणापत्र पनि जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad