भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिएको छ।
गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ।
तर भारतीय सञ्चारमाध्यमहरूले मृत्युको संख्या फरक-फरक लेखिरहेका छन्।
हिन्दुस्तान टाइम्सले भने कम्तीमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
घाटमा दर्जनौँ एम्बुलेन्स पठाइएका थिए। घाइतेहरूलाई उपचारका अस्पतालमा लगिएको थियो।
घटनाको विस्तृत विवरण भने आइसकेको छैन।
भिडिओ-
#WATCH | Prayagraj, Uttar Pradesh: Huge number of people gather at the Sangam Ghat for the 'Amrit Snan' on the occasion of Mauni Amavasya.
— ANI (@ANI) January 28, 2025
In the first 15 days of #Mahakumbh2025 that began on January 13th - Paush Purnima, over 15 crore devotees have taken a holy dip.
(Visuals… pic.twitter.com/D1mtL5mg40
Shares

प्रतिक्रिया