राजनीति


संसदीय दलको बैठकमा ओली– सरकार २०८४ मंसिरमा ढल्न सक्छ

संसदीय दलको बैठकमा ओली– सरकार २०८४ मंसिरमा ढल्न सक्छ

नेपालखबर
माघ १५, २०८१ मंगलबार १४:३०, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार २०८४ को मंसिरसम्म चल्ने बताएका छन्। 

मंगलबार बानेश्वरमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दिनदिनै सरकार ढल्छ भनेर हल्ला चलाइएको बताए। 

ओलीले भने,‘दिनैपिच्छे सरकार ढल्छ, अलि पछि सरकार ढल्छ। बेलुकासम्म सरकार ढल्छ। राती नै ढल्छ। अथवा भोलि बिहान नै ढल्छ। भएन भने दिउँसोसम्म ढल्छ। नभए भोलिसम्मलाई ढल्छ। भोलि नभए पर्र्सिसम्मलाई सारदिए। यो हप्ता ढलेन भने अर्को हप्तालाई म्याद सारिदिए। यो महिना ढलेन, अर्को महिनालाई म्याद सारिदिए। साउनमा ढलेन, भदौलाई म्याद सारे। भदौमा पनि ढलेन, दसैँमा सारे। दसैँमा ढलेन मंसिरलाई सारे।’ 

उनले थपे, ‘कुन मंसिर? २०८४ मंसिरसम्म ढल्न सक्छ। तर, मान्छेले के अस्तिको मंसिर बुझे। २०८४को मंसिरको चुनाव। त्यतिबेला सरकार बदलिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad