राजनीति


अध्यादेशबारे कांग्रेस सांसदले उठाए प्रश्न, १८ गतेसम्मलाई बैठक स्थगित

सांसदहरुसँग समन्वय गरेर काम गर्न मन्त्रीहरुलाई देउवाको निर्देशन
अध्यादेशबारे कांग्रेस सांसदले उठाए प्रश्न, १८ गतेसम्मलाई बैठक स्थगित

नेपालखबर
माघ १४, २०८१ सोमबार १७:०, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले सरकारले ल्याएको बजेटबारे प्रश्न उठाएका छन्। 

नेपाली कांग्रेसका प्रमुख सचेतक  श्याम घिमिरेका अनुसार आज दोस्रो दिन पछि सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा १७ जनाले धारणा राखेका थिए। 

‘संसद् अधिवेशन, अध्यादेश, बजेट लगायतलाई लिएर आज सांसदहरुले प्रश्न उठाउनु भएको छ,’ बैठकबारे जानकारी दिँदै उनले भने, ‘अत्यन्त महत्वपूर्ण विचार माननीय सदस्यबाट आएको छ।’ 


केही सांसदहरु बोल्न बाँकी रहेको र त्यसपछि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम भएकाले आज बैठक नसकिएको र अर्को बैठक १८ गते बिहान ८ बजे बस्नेगरी स्थगित भएको घिमिरले बताए।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाका अनुसार अधिकांश सांसदले मन्त्रीहरुलाई राम्रोसँग काम गर्न आग्रह गरेका थिए। त्यस्तै सभापति शेरबहादुर देउवाले सांसदहरुसँग समन्वय गरेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad