समाज


सशस्त्र प्रहरीद्वारा वीरगञ्जको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढीको सामान बरामद

सशस्त्र प्रहरीद्वारा वीरगञ्जको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढीको सामान बरामद

नेपालखबर
माघ १४, २०८१ सोमबार १७:४, काठमाडौँ

भन्सार छलेर नेपाल ल्याई अवैध रुपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरू सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेर बरामद गरेको छ।

आज (माघ १४ गते) वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित २ वटा पक्की घरको भूईं तलामा अवैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र वीरगञ्ज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लेखित सामानहरू बरामद गरेको हो।

गोदाम गरी राखिएको सामान सीमा ईलाकाबाट करीब ३ किलोमिटर उत्तरतर्फ रहेको छ। बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा र १ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको हार्डवेयरको सामानहरु रहेको छ।

बरामद गरिएको सामानहरु आवश्यक कारबाहीको भन्सार कार्यालय वीरगञ्ज पर्सामा बुझाईएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad