न्याय परिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाई माघ २० गते हुने भएको छ।
संसदीय सुनुवाइ समितिको बैठकले खड्काको सुनुवाइ माघ २० गते दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो। नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम पुस २७ गते सिफारिस गरेको थियो।
उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएको समेत समितिले जनाएको छ। परिषद् सदस्य रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो। रिक्त सदस्य पदमा सरकारले खड्कालाई सिफारिस गरेको थियो।
60
Shares

प्रतिक्रिया