कारोबार


अर्थ मन्त्रालयले भन्यो- यूएसएडका ४ परियोजनाको अनुदान ९० दिनलाई रोकियो

अर्थ मन्त्रालयले भन्यो- यूएसएडका ४ परियोजनाको अनुदान ९० दिनलाई रोकियो

नेपालखबर
माघ १४, २०८१ सोमबार १६:५३, काठमाडौँ

अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएडबाट सञ्चालित चार परियोजनाको अनुदान ९० दिनका लागि स्थगित भएको जानकारी गराएको छ। 

प्रवक्ता महेश भट्टराईले यूएसएड हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड एग्रिकल्चरल डिरेक्ट फाइनान्स प्रोजेक्ट, यूएसएड एजुकेसन डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट र यूएसएड इन्क्ल्युजिभ पलिसी डिरेक्ट फाइनान्सिङ प्रोजेक्टमा प्राप्त अनुदान उक्त अवधिका लागि स्थगित भएको जानकारी दिएका हुन्। 

यी आयोजनाहरू यूएसएड र नेपाल सरकारबीच ०५ मे २०२२ मा डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्ट (डीओएजी)मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका रहेको पनि उनले बताए। 

‘यी आयोजनामा अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको यूएसएड नेपालले पत्रमार्फत जानकारी गराएको छ’, उनले भने, ‘यस ९० दिनको अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत यूएसएड स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ।’

यो पनि- 

ट्रम्पकै पालामा अघि बढेको एमसीसी परियोजना नरोकिने अर्थ मन्त्रालयको ‘विश्वास’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad