राजनीति


६ दिनपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा, सूर्यविनायक नगरपालिका भवन उद्घाटन

६ दिनपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा, सूर्यविनायक नगरपालिका भवन उद्घाटन

नेपालखबर
माघ १४, २०८१ सोमबार १५:३४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका छन्।

अस्वस्थ भएका कारण ६ दिन बालुवाटारस्थित निवासमै बसेर आराम गरेका ओली आज सार्वजनिक कार्यक्रममा देखापरेका हुन्। यसअघि उनले लुम्बिनी प्रदेशको सिद्धबाबा सुरूङमार्गको ब्रेक थ्रु कार्यक्रममा पनि भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए। 

प्रधानमन्त्री ओलीले आजै सत्तापक्षीय दलहरूको बैठक पनि बोलाएका छन्।

यही माघ १८ गतेबाट संसद अधिवेशन चल्ने भएकाले त्यसअघि उनले अध्यादेश पेस गर्ने र संसदबाट स्वीकृत गराउने वातावरण बनाउन दलहरूसँग परामर्श गर्न लागेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad