राजनीति


खुल्यो सी व्यापार केन्द्र, माधव नेपाल र विप्लवले काटे रिबन

खुल्यो सी व्यापार केन्द्र, माधव नेपाल र विप्लवले काटे रिबन

नेपालखबर
माघ १४, २०८१ सोमबार १५:४५, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँको बुढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ। 

सोमबार पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विप्लवले रिबन कोटेर व्यापार केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ,नेपाल समाजवादीका गंगानारायण श्रेष्ठ लगायतको उपस्थिति थियो।

प्रारम्भिक रुपमा अहिले एउटा पसलबाट सुरु भएको  र त्यसलाई विस्तारै काठमाडौँ उपत्यकाका धेरै ठाउँमा सञ्चालनमा ल्याइने बताइएको छ। व्यापार केन्द्रमा अहिले चामल, तेल, सिमी लगायतका वस्तु हुनेछन्। व्यापार केन्द्र पूर्णक्षमतामा सञ्चालनमा आएपछि नेकपाले उत्पादन गरेका धान, मकै, आलु, मह, सिमी, मास, फापर, गार्मेन्टका कपडा लगायतका वस्तु राखिने छ। 

नेकपाको गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले  व्यापार केन्द्र खोल्ने निर्णय गरेको थियो।

विप्लव नेतृत्वको नेकपाले देशभर करिब १५० विघा भन्दा बढी क्षेत्रमा सामूहिक खेती गर्दै आएको छ। अहिले चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा नेकपाले खेती गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad