ad ad

राजनीति


गलत हल्ला फैलिएपछि गगनले सरकारसँग मागे आधिकारिक सूचना

गलत हल्ला फैलिएपछि गगनले सरकारसँग मागे आधिकारिक सूचना

नेपालखबर
चैत ८, २०७६ शनिबार ११:१६,

नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद गगन थापाले सरकारले कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम बारेमा भइरहेको सरकारी तयारीको जानकारी प्रत्येक दिन गराउन माग गरेका छन्।

‘प्रत्येक दिन निश्चित समयमा सरकारको तर्फबाट एकैजनाले नागरिकलाई सूचना दिने माग दोहोर्‍याउँछु,’ शनिबार अपरान्ह प्रधानमन्त्री ओली र कोरोना रोकथाम तथा नियन्त्रण समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पाेखरेललाई ‘मेन्सन’ गर्दै गरेको ट्विटमा थापाले भनेका छन्।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले प्रधानमन्त्री ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दा के–के विषय खुला रहने र के विषय बन्द रहने अझै प्रष्ट नभएको भन्दै यसबारेमा प्रष्ट पार्न आग्रह गरेका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको हिजोको सम्बोधन पश्चात् के खुला रहने, के बन्द हुने, के गर्न हुने,के गर्न नहुने भन्नेमा नागरिक ठूलो अलमलमा रहेको देखियो, यस विषयमा नागरिकलाई यो कुरा प्रष्ट पार्न अनुरोध गर्दछु’ उनको ट्विटमा उल्लेख छ।

प्रधानमन्त्री ओलीको शुक्रबारको सम्बोधनमा राजपत्रमा उल्लेख गरिएका अत्यावश्यक बाहेकका अन्य सेवा दिने संस्थाहरु बन्द रहने बताएका थिए। तर, राजपत्रमा उल्लेख भएअनुसार होटल, रेष्टुरेन्ट, रिसोर्टलगायतका १७ वटा क्षेत्र अत्यावश्यक सेवाभित्र पर्ने देखिन्छ। सरकार आँफैले २५ जनाभन्दा बढी नागरिकलाई एकै ठाउँमा उपस्थित नहुन निर्देशन दिएको छ। यस्तो समयमा अत्यावश्यक सेवा दिने भनिएका संस्थाका सञ्चालक र कामदारहरु झुक्किएको थापाको भर्नाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .