ad ad

समाज


मुलुकी अपराध संहिता भन्छ : गलत अफवाह फैलाउनेलाई एक वर्ष कैद र १० हजार जरिवाना!

मुलुकी अपराध संहिता भन्छ : गलत अफवाह फैलाउनेलाई एक वर्ष कैद र १० हजार जरिवाना!

नेपालखबर
चैत ८, २०७६ शनिबार ११:५१,

शनिबार दिउँसो कोरोना भाइरस (कोभिड १९) का बारेमा गलत हल्ला फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै शनिबार नै सेनाले मध्यरातमा कोरोनाविरुद्ध किटनासक औषधी छर्कने भन्ने अर्को अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

आपतको बेला गलत हल्ला फैलाएर जनतालाई त्रसित बनाउने काम ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ हुने प्रहरीको भनाइ छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ को दफा ७ मा झुट्ठा अफवाह फैलाउन नहुने उल्लेख छ। दफा ७ को उपदफा १ मा कसैले सार्वजनिक शान्ति भंग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए, नगरेको अफवाह फैलाउन, प्रचार–प्रसार गर्न वा नारा जुलुस गर्न नपाइने उल्लेख छ।

यस्तो कसुर गरेमा गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ। यसका अतिरिक्त विद्युतीय सामग्रीको प्रयोग भए थप कारबाही हुने समेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .