अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।
आइतबार वीरगन्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेनसमेत सर्वसम्मत पारित गरेको पार्टी महासचिव मोहम्मद इस्तियाक राईले बताए।
उनका अनुसार, बैठकले पार्टीको जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदन पारित गरेको छ। पार्टी संघीय परिषदको भेला आयोजना गर्नुभन्दा अगावै पार्टीलाई पूर्णता दिने निर्णय भएको छ। बैठकमा संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो।
उनले भने, ‘जनता समाजवादी पार्टीको दोस्रो बैठक आज सम्पन्न भएको छ। एउटा अध्यक्षज्यूबाट समग्र विषयमा एउटा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावहरु र संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा आयोजना गर्ने प्रश्तावहरु पारित भएका छन्। सांगठनिक प्रतिवेदनमा खाली भएका विभागहरु र संरचनाहरुलाई पूर्णता दिने निर्णय समेत भएको छ। हामीले संघीय परिषद्को भेला आयोजना हुनुभन्दा अगावै बाँकी रहेका जिल्ला र प्रदेश कमिटिहरु गठन गर्ने प्रश्ताव समेत पारित गरेका छौं। साथै समसामयिक राजनीति र संविधान संशोधनका एजेण्डाहरुमा चर्चा र परिचर्चा भएको छ। मुख्यतः साना दलहरु एकीकृत रुपमा मिलेर अघि बढ्ने जुन विषय छ। यस विषयमा समेत छलफल भएको छ।’
बैठकमा मधेसवादी दलहरू एकीकृत भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया