ग्लोबल


मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्न अमेरिका तयार

मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्न अमेरिका तयार

२००८ मा ताज होटलसहित मुम्बईका धेरै ठाउँमा आतंकवादी हमला भएका थिए।


नेपालखबर
माघ १३, २०८१ आइतबार २०:३१, काठमाडौँ

मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्न अमेरिकी सर्वोच्च अदालतले स्वीकृति दिएको छ।

यस विषयमा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता सुधांशु त्रिवेदीले प्रतिक्रिया दिएका छन्।

त्रिवेदीका अनुसार २००८ मा मुम्बईमा भएको भयानक आतंकवादी आक्रमणलाई २६/११ आक्रमणका रूपमा पनि चिनिन्छ। 

उनले भने, ‘अमेरिकी सर्वोच्च अदालतले दोषी तहव्वुर राणालाई भारत फिर्ता गर्ने निर्णय गरेको छ।’

त्रिवेदीले आतंकवादविरुद्धको लडाइँमा मोदी सरकारको दृढ इच्छाशक्तिका कारण यो सम्भव भएको दाबी गरे। 

२००८ नोभेम्बर २६ को राति १० जना आतंककारीले एकैसाथ मुम्बईका धेरै भवनमा आक्रमण गरेका थिए। जसमा १६४ जना मारिएका थिए। उक्त कारबाहीमा नौ जना अतिवादी पनि मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad