राजनीति


अनेरास्ववियु क्रान्तिकारीको मतगणना अन्तिम समयमा स्थगित

अनेरास्ववियु क्रान्तिकारीको मतगणना अन्तिम समयमा स्थगित

नेपालखबर
माघ १३, २०८१ आइतबार १९:५६, काठमाडौँ

निर्वाचन समितिकै कारण अवरुद्ध बनेको अनेरास्ववियु क्रान्तिकारीको मतगणना अन्तिम समयमा स्थगित गरिएको छ।

विश्वविद्यालय र विशेष प्रदेश कमिटीमा खसेको मतपत्रको विषयमा विवाद भएपछि विहानदेखि मतगणना रोकिएको थियो। तर,फेरि सुचारु नभई स्थगित गरिएको हो।

दुईवटा प्रदेशमा खसेको ५ सय २२ मत गणना हुन बाँकी छ।

निर्वाचन समितिले स्थगित भएको सूचना प्रकाशन गर्दैछ।

काठमाडौंको बाल्मीकि विद्यापीठमा मतदान भएको दुईवटा प्रदेशको मतपत्रमा रातो मसी र निलो मसी प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिले विरोध गरेका थिए। त्यसपछि रोकिएको मतगणना पछि सुचारु गर्नै नसकि रोकिएको हो।

‘अब भोलि विहान मतगणना थाल्नेगरी सूचना प्रकाशित हुँदैछ,’ निर्वाचन समितिका एक कृष्ण ढुङ्गानाले भने।

उनका अनुसार मतपत्रमा देखिएको विवाद समाधानका लागि निर्वाचन समितिले अध्यक्षका उम्मेदवार प्रतिनिधिसँग छलफल गरेको थियो।

क्रान्तिकारी केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधान आफैं छलफलमा जुटेका थिए। तर, फरक मसी प्रयोग भएका मतपत्र के गर्ने भन्ने निर्णय नगरी आयोगले मतगणना स्थगित गर्न लागेको हो।

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।

यसैबीच मतगणना स्थगित भएपछि उम्मेदवारहरूले असन्तुष्टी जनाएका छन्। अध्यक्ष पदका उम्मेदवार हेमन्त राईले मतगणना सुचारु गर्न माग गर्दै भनेका छन्, ‘अभिमतलाई बन्दक बनाउन पाइन्न, अविलम्ब मतगणना सुचारु गरौं...।’

७ प्रदेशको अन्तिम नतिजा आइसकेको छ, जसमा सापकोटाले ४५३ मत पाउँदा राईले ४३० मत पाएका छन्।

यस्तै, उपदेश यादवले १३८ मत पाएका छन्।

अब बाँकी दुईवटा प्रदेशमा ५२२ मत गणना हुन बाँकी छ।

अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको थियो।

विजयप्रकाश शर्मा सापकोटालाई ३२ वर्षे उमेरहद लागेपछि नेतृत्वबाट बाहिरिन बाध्य भएका विद्यार्थी नेतासहित उपमहासचिव शक्ति बस्नेत लगायतले समर्थन गरेका छन्।

यस्तै, हेमन्त राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका छन्।

उपदेश यादवलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समर्थन गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad