राजनीति


क्रान्तिकारीको मधेसमा मतगणना सुचारु, अन्य दुई प्रदेशमा निर्वाचन समिति र प्रतिनिधिबीच छलफल

क्रान्तिकारीको मधेसमा मतगणना सुचारु, अन्य दुई प्रदेशमा निर्वाचन समिति र प्रतिनिधिबीच छलफल

नेपालखबर
माघ १३, २०८१ आइतबार १६:११, काठमाडौँ

अनेरास्ववियू क्रान्तिकारीको मधेस प्रदेशमा रोकिएको मतगणना फेरि सुचारु भएको छ।

उपमहासचिवका उम्मेदवार समेत रहेका विवेक मैनालीका अनुसार केहीबेरअघिबाट मतगणना फेरि अघि बढाइएको छ।

आइतबार विहानै अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा पक्षका प्रतिनिधिले पाँच मत हराएको भन्दै पुनः मतगणनाको माग गरेका थिए।

तर, २ मतमा मात्र समस्या देखिएको र त्यसलाई समाधान गरेर मतगणना अघि बढाइएको मैनालीले बताए।

‘पुनः सुरुगरे पनि हेडक्वाटर भनिने पक्षबाट लफडा गर्ने प्रयास भएको थियो। केहीबेर नारावाजी र विवाद पनि निकाल्ने कोसिस भयो, हामी लचक भएर मतगणना सुचारु गरेका छौँ,’ मैनालीले नेपालखबरसँग भने।

उनका अनुसार मधेस प्रदेशमा अध्यक्षका उम्मेदवारको मत गनिसकिएको छ।

जसअनुसार उपदेश यादवले ६५ मत पाएका छन्। यस्तै, हेमन्त राईले ४१ मत पाउँदा विजयप्रकाश सापकोटाले ४० मत पाएका छन्।
मधेस प्रदेशमा १९५ मत खसेको छ।

अहिले उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकारीसहितको पदको मतगणना भइरहेको छ।

अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार (माघ १२) गते मतदान भएको हो।

३२ वर्षे उमेर हद लगाएपछि पहिलो पटक क्रान्तिकारीले चुनावबाटै नेतृत्व चयन गर्दैछ।

उता, विशेष प्रदेश कमिटी र विश्वविद्यालय प्रदेश कमिटीको मतगणनाा अझै सुरु हुन सकेको छैन। मतपत्रमा गरिएको संकेतमा लगाइएको मसीका विषयले विवाद उत्पन्न भएपछि मतगणना आइतबार विहानैबाट रोकिएको हो। ८ घण्टा वितिसक्दा पनि समस्या समाधान भएको छैन।

क्रान्तिकारी नेकपा माओवादी केन्द्र निकटको हो।

अहिले निर्वाचन समितिले अध्यक्षका उम्मेदवारका प्रतिनिधिलाई छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडा बोलाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad