राजनीति


संसद्‌ अधिवेशनको तयारीमा सभामुख, निरन्तर छलफलमा

संसद्‌ अधिवेशनको तयारीमा सभामुख, निरन्तर छलफलमा

नेपालखबर
माघ १३, २०८१ आइतबार ११:३९, काठमाडौँ

संसद्‌को हिउँदे अधिवेशन नजिकिएपछि सभामुख देवराज घिमिरेले तयारी थालेका छन्।

अधिवेशनको तयारीअन्तर्गत उनले विभिन्न छलफल अगाडि बढाएका हुन्। 

यस क्रममा आज बिहान उनी सत्तापक्षका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्दै छन्। 

आजै दिउँसो २ बजे सभामुख घिमिरे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्दै छन्।

यस्तै सोमबार ११ बजे पनि उनी प्रमुख पाँच दलका प्रमुख सचेतक र सचेतकसँग सिंहदरबारमा बैठक गर्ने कार्यतालिका छ। 

यसैगरी सभामुख घिमिरेले माघ १५ गते दिउँसो १ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। 

यसबाहेक सभामुख घिमिरेले विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि छुट्टाछुट्टै संवाद गरिरहेका सभामुखको सचिवालयले जनाएको छ। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते दिउँसो १ बजे सुरु हुने गरी संसद्‌का दुवै बैठक आह्वान गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad