राजनीति


कांग्रेस संसदीय दलको बैठक आज, यी हुन् एजेण्डा

कांग्रेस संसदीय दलको बैठक आज, यी हुन् एजेण्डा

फाइल तस्बिर


नेपालखबर
माघ १३, २०८१ आइतबार ७:३, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ। आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने कांगैसले जनाएको छ। 

माघ १८ गतेदेखि संसद् बैठक सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन कांग्रेसले बैठक बोलाएको हो। सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ। 

आजको बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल  हुनेछ।

यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो। देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad