राजनीति


अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान

अध्यक्षमा पाँच जनाबीच प्रतिस्पर्धा हुँदै
अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान

नेपालखबर
माघ १२, २०८१ शनिबार ६:५६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ। 

क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्य चयनको लागि आज (शनिबार) निर्वाचन हुन लागेको हो। बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ।

क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी कायम भएको छ। जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा रहेका छन्। 

खुला र आरक्षण गरी नौजना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ। महासचिवमा पद्मप्रसाद काफ्ले, प्रतीक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, सञ्जीव फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतोले उम्मेदवारी दिएका हुन्। 

त्यसैगरी नौजना उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदका लागि पार्वता चौलागाईँ, शिव श्रेष्ठ, महेन्द्रबहादुर चन्द र फूलमाया रानामगरको उम्मेदवारी परेको छ। 

अखिल क्रान्तिकारीमा नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू भएपछि पहिलोपटक चुनाव हुन लागेको हो। 

उम्मेदवारमध्ये सबैलाई माओवादी केन्द्रका पदाधिकारीले साथ दिएका छन्। यतिसम्म कि मत माग्न पनि नेताहरुले आफ्ना टीम नै खटाएका छन्।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपदेश यादवलाई साथ दिएका छन्। यादवले पुरै सेट उठाएका छन्। 

उपमहासचिवत्रय जनार्दन शर्माले हेमन्त राईलाई समर्थन गर्दा वर्षमान पुनले सुदिन पौडेललाई साथ दिएका छन्। शक्ति बस्नेतले विजयप्रकाश शर्मा सापकोटाको पक्षमा माहोल बनाइरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad