ad ad

राजनीति


छोटो दुरीको यातायात, आन्तरिक उडान सुचारु रहने

छोटो दुरीको यातायात, आन्तरिक उडान सुचारु रहने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १४:४५,

आगामी सोमबारदेखि अन्तर्राष्ट्रिय उडान र मंगलबारदेखि लामो दुरीका सवारी साधन सञ्चालन बन्द गरिएकाे छ। तर, आन्तरिक उडान र छोटो दुरीका सवारी साधन भने यथावत सञ्चालन हुनेछन्।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत १० गतेबाट नेपालभरी चल्ने सबै प्रकारका लामो दुरीका यात्रुवाहक सवारी साधन सञ्चालन बन्द गरिएको घोषणा गरेका छन्। यस्तै, नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गतेबाट १८ गतेसम्मका लागि स्थगित गरिने पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा उल्लेख छ। 

सीमानाकाबाट आउने यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाउन छिमेकी राष्ट्रहरुसँग समन्वय भइरहेको प्रधानमन्त्रीले स्पष्ट पारे।

सम्बोधनका क्रममा राजपत्रमा उल्लेख गरिएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने प्रधानमन्त्रीले घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .