राजनीति


महान्यायाधिवक्ता बडालको गुनासो : नेताहरूले प्रभावमा पार्न खोज्छन्

महान्यायाधिवक्ता बडालको गुनासो : नेताहरूले प्रभावमा पार्न खोज्छन्

नेपालखबर
माघ ८, २०८१ मंगलबार १९:११, काठमाडौँ

महान्यायाधिवक्ता रमेश वडालले मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। आफू नियुक्त भएदेखि मुद्दा चलाउनु/नचलाउनु भनेर अहिलेसम्म प्रधानमन्त्रीले अनुरोध नगरेको उनको भनाई थियो। आजसम्म मुद्दा चलाउने र नचलाउने निर्णय भएका सम्पूर्ण प्रक्रियाको जिम्मेवार आफू र महान्यायाधिवक्ताको कार्यालय भएको उनले बताए।

यद्यपि अन्य राजनीतिक दलका नेताहरुले महान्यायाधिवक्ताको कार्यालयलाई प्रभावमा पार्न खोज्ने गरेको उनले स्पष्ट पारे। उनले मुद्दा चलाउने निर्णय भएका विषयमा राजनीत दलका नेताहरुले प्रभाव पार्न खोज्ने गरेको भएपनि आफू कानूनको परिधिमा रहेर निर्णय लिन गरेको बताए।

महान्यायाधिवक्ता बडालले भने, ‘आजका दिनसम्म कुनै मुद्दा चलाउनु या नचलाउनु नचलाउनु भनेर प्रधानमन्त्रीले मलाई कुनै अनुरोध गर्नु भएको छैन। म त या दावाका साथ भन्छु। म नियुक्ती भएदेखि आजका दिनसम्म कुनैपनि मुद्दा चलाइए वा चलाइएनन्। त्यसको जिम्मेवारी मेरो र मेरो कार्यालयको हो  यसमा कुनैपनि दावव छैन। हो राजनीतकि दलका अन्य नेताहरूले भन्नुहुन्छ। विभिन्न राजनीतिक दलका नेताहरु आएर हामीलाई भन्नुहुन्छ।’

उनले फौजदारी कार्यविधि संहिता संशोधन गरिरहेको उल्लेख गर्दै विगो निर्धारणलाई वैज्ञानिक बनाउने स्पष्ट पारे।

महान्यायाधिवक्ता बडालले विगोसम्बन्धी कानूनमा केही पनि उल्लेख नगरिएको उल्लेख गर्दै कार्यदलले दिएको सुझावका आधारमा ऐन बनाउनुपर्ने बताए।

उनले भने, ‘आजसम्म विगो निर्धारण कसरि गर्ने भन्ने विषयमा कुनै पनि कानूनमा लेखिएको छैन। विगो निर्धारण सहि भएन भन्ने कुरा हामी आफैंले महशुस गरेका छौं। त्यही महशुस गरेकै कारणले यो संशोधन गर्न खोजिएको पनि हो। त्यो संशोधन समितिमा आइसकेपछि त्यसमा सार्वभौम अधिकार सदुपयोग गर्नुहोला।’

बैठकमा मंगलबार महान्यायाधिवक्ताको कार्यालयका कामकारबाहीबारे छलफल गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad