राजनीति


प्रभु साहको टिप्पणी : स्थिरता दिन्छौँ भन्नेहरू दिनदिनै सरकार ढल्दैन भन्दै हिँड्छन्

प्रभु साहको टिप्पणी : स्थिरता दिन्छौँ भन्नेहरू दिनदिनै सरकार ढल्दैन भन्दै हिँड्छन्

नेपालखबर
माघ ५, २०८१ शनिबार १९:३३, काठमाडौँ

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलोली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल र असक्षम भएको टिप्पणी गरेका छन्। आफ्नो प्रतिबद्धता आफैं कार्यान्वयन गर्न नसक्ने ओली नेतृत्वको सरकार विघटन गर्नुपर्ने सुझाव उनले दिए।

आजपा निकटको आम विद्यार्थी मोर्चाको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो असफल भईसकेको सरकारले मुलुक र नागरिकलाई आवश्यक नभएको बताए।

‘यो (ओली नेतृत्वको सरकार) पूर्णरुपमा असफल र असक्षम भएको प्रमाणित भइसक्यो। आफ्नो प्रतिबद्धता आफैं कार्यान्वयन गर्न नसक्ने सरकार मुलुक र नागरिकलाई आवश्यक छैन,’ आजपा अध्यक्ष साहले भने, ‘संविधान संशोधन गर्ने भनेकाहरुले अहिले आएर २०८७ मा संशोधन गर्ने भन्दैछन्। सुशासनमा शुन्य छ, बिकास निर्माण ठप्प छ। स्थिरता हुने भनेकाहरुले दिनदिनै सरकार ढल्दैन्, सरकार रहिरहन्छ भन्छ, आफैलाई आफ्नै सरकारमाथि विश्वास छैन।’

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बीचमा सात बुँदे सहमती गरेर सरकार गठन भएको थियो। तर कांग्रेस र एमालेले गरेको सहमती नै ओली नेतृत्वको सरकार कार्यान्वयन गर्न असफल भएको साहको टिप्पणी छ।

संविधान संशोधन गर्ने भनेर सहमती गर्ने तर प्रधानमन्त्री ओली २०८७ सालमा संविधान संशोधन गर्ने अभिव्यक्ति दिएपछि साहले यस्तो टिप्पणी गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad