समाज


हुम्लामा जटिल अवस्थाकी सुत्केरीको सफल शल्यक्रिया

हुम्लामा जटिल अवस्थाकी सुत्केरीको सफल शल्यक्रिया

नेपालखबर
माघ ५, २०८१ शनिबार १९:५४, सिमकोट (हुम्ला)

जिल्ला अस्पताल हुम्लामा सुत्केरी व्यथा लागेर जटिल अवस्थामा रहेकी २२ वर्षीया आशा परियारको सफल शल्यक्रिया गरिएको छ। सीमित स्रोतसाधनका बीच पनि उनको सफल शल्याक्रिया भएको हो।

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गत पुस २९ गते जिल्ला अस्पताल आएकामा स्रोतसाधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका एमडिजिबी डा हेमविक्रम शाहीले बताए। सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी उनको आर्थिक अवस्था कमजोर हुनु, रगत अभाव, अस्पतालमा विशेषज्ञ चिकित्सक हुनुलगायत समस्या थियो।

शल्यक्रियाका लागि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत वा अन्यत्र लैजानुपर्ने समस्या रहेको बताउँदै डा शाहीले आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्ने भएपछि जिल्ला अस्पतालमा सीमित स्रोतसाधनको उपयोग गरी शल्यक्रिया गरिएको जानकारी दिए।

अस्पतालमा कार्यरत डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीहरूको सहयोगमा परियारको सफल शल्यक्रिया भएको अस्तालका सिनियर अनमी सरिता बोहराले बताइन्।
परियारका श्रीमान लभ परियारले भने, ‘चिकित्सकले सुत्केरीको अवस्था जटिल भएकाले नेपालगञ्ज वा सुर्खेत लैजान भन्नुभएको थियो। आर्थिक अभावका कारण जिल्लाबाहिर लैजाने अवस्था थिएन। पछि यहाँका डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीले सफल शल्यक्रिया गर्नुभयो, सबैलाई धन्यवाद दिन्छु।’

परियारले दुई जुम्ल्याहा छोरी जन्माएकी छन्। जिल्लामा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad