राजनीति


पहिले कांग्रेस नेताहरू कुलमान जनताको सम्पत्ति भन्थे, अहिले विरोधमा देख्दा आश्चर्य लाग्छ : प्रचण्ड

पहिले कांग्रेस नेताहरू कुलमान जनताको सम्पत्ति भन्थे, अहिले विरोधमा  देख्दा आश्चर्य लाग्छ : प्रचण्ड

नेपालखबर
माघ ५, २०८१ शनिबार १७:५२, विराटनगर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध नेपाली कांग्रेसका नेताहरु लाग्दा आफू आश्चर्यमा परेको बताएका छन्। 

माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकामा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिले नेपाली कांग्रेसका नेताहरुले घिसिङलाई जनताको सम्पत्ति भन्ने गरेको समेत दाबी गरे।
 
‘हिजो प्राधिकरण समस्यामा परेको बेला नेपालकै काविल अफिसर कुलमान घिसिङ भएकोले ल्याएको हो’, प्रचण्डले भने, ‘नेपाली कांग्रेसका साथीहरुले उहाँलाई नेपाली जनताको सम्पत्ति भनेर भन्थे।’ 

अहिले कुलमानविरुद्ध सबै लागेको भन्दै सरकारको आलोचना गरे। ‘चोरलाई चौतारो, साधुलाई सुली भनेँ झै भएकोछ’,  प्रचण्डले भने, ‘दलाल, फाटाहाहरुलाई प्राधिकरण फाइदामा गएको मन परेको छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad