राजनीति


सांसदको अवकाशको उमेर कानुनमै लेखिनुपर्छ : तोसिमा कार्की

सांसदको अवकाशको उमेर कानुनमै लेखिनुपर्छ : तोसिमा कार्की

नेपालखबर
माघ ४, २०८१ शुक्रबार २०:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले सांसदहरूको अवकाशको उमेर कानुनमै लेखिनुपर्ने बताएकी छन्।

संसदीय मामिला पत्रकार समाजले धुलिखेलमा आयोजना गरेको निर्वाचन कानुन सुधार सम्बन्धी छलफलमा कार्कीले सांसद हुनको लागि न्यूनतम उमेर तोकिएको तर, कति वर्षसम्म सांसद हुन पाउने भन्ने नलेखिएको भन्दै त्यो विषय कानुनमै लेखिनुपर्ने धारणा राखेकी हुन्।

‘सांसदको योग्यतामा २५ वर्ष उमेर पूरा भएको मान्छे उमेदवार हुनसक्ने भन्ने छ। तर, ऊ कति वर्षसम्म सांसद हुन पाउने त? यो कुरा चाहिँ लेखिनुपर्दैन?, उनले भनिन्, ‘एउटा मान्छे कतिपटक सांसद हुने, कति वर्षसम्म भइरहने हो? हाम्रो कानुनले व्यवस्था गरेको छैन। यो कानुनमै लेखिनुपर्छ जस्तो लाग्छ।’

सांसदको शैक्षिक योग्यता पनि कानुनमै उल्लेख गर्नुपर्नेमा कार्कीले जोड दिइन्।

विधि निर्माण गर्ने थलोमा पुग्ने व्यक्तिको शैक्षिक योग्यता महत्त्वपूर्ण विषय भएको भन्दै सांसद कार्कीले सांसद हुनका लागि कतिसम्म अध्ययन गरेको हुनुपर्ने भन्ने विषय उल्लेख गर्न आवश्यक रहेको औँल्याइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad