राजनीति


राष्ट्रियसभा अध्यक्षको आरोप– सरकारले ८० प्रतिशत नागरिकलाई जिउँदै मार्ने खालको पानी खुवाउँछ

राष्ट्रियसभा अध्यक्षको आरोप– सरकारले ८० प्रतिशत नागरिकलाई जिउँदै मार्ने खालको पानी खुवाउँछ

नेपालखबर
माघ २, २०८१ बुधबार १५:५५, काठमाडौँ

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले बहुसंख्यक नागरिकलाई दुषित पानी खुवाउने गरेको गम्भीर आरोप लगाएका छन्।

बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले  सरकारले ८० प्रतिशत जनतालाई दुषित पानी खुवाएको टिप्पणी गरे।

‘हामीले पानी त ख्वायौं तर दुषित पानी खुवाइरहेका छौँ,’ दाहालले भने, ‘यो त गम्भीर विषय भयो। बरु नखुवाउँदै ठिक हुन्छ। खानेपानी हामीले ९० प्रतिशत भन्दामाथि जनसंख्यालाई खुवायौँ भनेका छौँ। तर करिब त्यो मध्येको ८० प्रतिशत जनतालाई त दुषित पानी खुवाएका छौँ। जिउँदै मार्ने टाइपको। यो विषय कति गम्भीर छ।’


नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने भन्दै उनले शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको टिप्पणी गरे। 

‘शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ,’ दाहालको भनाइ छ, ‘त्यही पनि त्यसको गुणस्तर त आफ्नो ठाउँमा छ। हामी डाटा (तथ्यांक)मा आफूलाई अब्बल देखाउनको निम्ति खाजा भन्ने वस्तु देखाउँछौँ, र भर्नातिर ल्याउँछौँ। परिमाणमा बढी ध्यान दिने तर गुणस्तरमा छैन।’

उनले कति सडक, भवन र उद्योग बने भन्ने मापन गर्नुभन्दा नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्नेबारेमा मापन गर्न जरुरी रहेको समेत जिकिर गरे।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad