राजनीति


प्रधानमन्त्री ओलीले अध्यादेश सार्वजनिक गर्ने

प्रधानमन्त्री ओलीले अध्यादेश सार्वजनिक गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ २, २०८१ बुधबार १२:२४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन्।

बुधबार दिउँसो सिंहदरबारबाट ‘सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश’का विषयवस्तु सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा आयोजना हुन लागिएको कार्यक्रममा संचारमाध्यमहरुलाई समेत बोलाइएको छ। 

सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो। जसमध्य राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो। 

अध्ययन गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयले भूमिसम्बन्धी अध्यादेश भने रोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad